पर्यटन तथा हवाइ क्षेत्रमा प्रतिमहिना १० अर्बको क्षति, ४१ अर्ब नोक्सानी हुने अनुमान

काठमाडौं, १९ असार । कोरोना भाइरसका कारण भएको लकडाउनले पर्यटन तथा हवाइ क्षेत्रमा प्रतिमहिना १० अर्बको क्षति नोक्सानी भएको अनुमान गरिएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन मन्त्रालयमा शुक्रबार भएको पत्रकार सम्मेलनमा मन्त्री योगेश भट्टराईले यस्तो जानकारी गराएका हुन्।

मन्त्री भट्टराईको अनुसार कोरोना भाइरसका कारण भएको लकडाउनले पर्यटन तथा हवाइ क्षेत्रमा प्रतिमहिना १० अर्बको क्षति भइरहेको छ।

चैत ११ गतेदेखि आजसम्म आइपुग्दा ३४ अर्बको नोक्सान भएको उनको भनाई थियो ।

साउन ७ सम्ममा ४१ अर्ब नोक्सानी हुने अनुमान गरिएको छ । सरकारले आगामी साउन ७ गतेसम्म लकडाउनलाई निरन्तरता दिने घोषणा गरिसकेको छ ।

त्यस्तै हवाइ जहाज पार्किगं शुल्कमा ७५ प्रतिशत बहाल आयमा छुट र इजाजत नयाँ नविकरण दस्तुरमा लकडाउनको अवधिमा ५० प्रतिशत छुट दिने तयारी थालिएको जानाकारी दिए । त्यस्तै लक डाउनमा लअवधिमा लाग्ने डिमरेज चार्ज छुट दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here