दोधारा चाँदनीमा थप २६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४८

दोधारा, १९ असार । माहाकाली नगरपालिकामा कोरोना भाइरस संक्रमितको संख्या ४८ पुगेको छ ।

विहिबार एकै दिनमा २६ जना कोरोना संक्रमित थपिएको माहाकाली नगरपालिका स्वास्थ्य शाखाका प्रमुख जय बहादुर महराले जानकारी दिएका छन् ।

संक्रमित हुने २६ जनामा ७ वर्ष देखि ७० वर्षका महिला र ३ वर्ष देखि ६५ वर्ष सम्मका पुरुष रहेको बताईएको छ् ।

पिसिआर जाँचको रिर्पोटमा ढिलाई हुदै आएको माहाकाली नगरपालिकामा एक्कासी आज ठुलो संक्रमित कोरोना भाईरस पुष्टि भएको हो । यस अघि २२ जनामा कुनै लक्षण देखा परेको छैन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here