एनआईसी एशिया लघुवित्तको आईपीओ बाँडफाँड, कसले कति पाए ?

काठमाडौं, २० असार । एनआइसी एशिया लघुवित्तले निष्काशन गरेको प्राथमिक सेयर (आइपीओ) बाँडफाँड भएको छ । लघुवित्तको आईपिओ बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा शनिबार बिहान बाँडफाँड भएको हो ।

लघुवित्तको आइपीओमा आवेदन गर्ने सबै आवेदकले न्युनतम १० कित्ता सेयर पाएका छन् भने भाग्यमानी ४६ हजार ५७९ लगानीकर्ताले गोलाप्रथाबाट थप १० कित्ता सेयर पाएका छन् ।

बिहीवार प्रि–अलोटमेण्ट गरि आइतवार बाँडफाँड गर्ने तयारी गरिएको भएपनि सोहि दिनदेखि साधना लघुवित्त वित्तीय संस्थाको आईपीओ विक्री खुला हुने हुदाँ सिष्टममा समस्या हुन सक्ने भन्दै शनिबार नै बाँडफाँड गरेको हो ।

लघुवित्तले असार १० गतेदेखि १४ गतेसम्म ४४ लाख ४३ हजार २ सय कित्ता सेयर बिक्री गरेको थियो। आईपीओमा ३ लाख ९७ हजार ७४१ वटा आवेदन सदर भएको सानिमा क्यापिटलले जनाएको छ।

आवेदन गरेका मध्ये १६ हजार ४३९ वटा आवेदन अयोग्य ठहर भएका छन्। लघुवित्त क्षेत्रको हालसम्मकै सबैभन्दा ठूलो आईपीओ यस कम्पनीले निष्कासन गरेको हो । यो आईपीओलाई केयर रेटिङ नेपालले औषतभन्दा कम आधारको संकेत गर्ने ग्रेड ४ प्लस रेटिङ दिएको छ ।

हाल रू. १ अर्ब ४५ लाख चुक्तापूँजी रहेको कम्पनीको आईपीओ पश्चात रू. १ अर्ब ४८ करोड पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here