पाटन अस्पतालमा मृत्यु भएका गोरखाका युवकमा कोरोना संक्रमण पुष्टि

प्रतिकात्मक तस्बिर

काठमाडौं, २३ असार । पाटन अस्पतालमा मृत्यु भएका गोरखाका युवामा कोरोना संक्रमण पुष्टि भएको छ।

उपचारको क्रममा सोमबार राती १० बजे मृत्यु भएका गोरखा भीमसेन गाउँपालिका तान्द्राङ–२ का युवामा कोरोना संक्रमण पुष्टि भएको अस्पताल स्रोतले जनाएको छ ।

युवाले आत्महत्या गरेको अवस्थामा परिवारले फेला पारेका थिए। गम्भीर अवस्थाका उनलाई परिवारले यही असार २० गते पाटन अस्पतालमा भर्ना गरेका थिए।

अस्पताल भर्ना गर्ने वित्तिकै कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको थियो। मृतकको शव व्यवस्थापन कार्य नेपाली सेनाको राजदल गणको टोलीले गर्ने भएको छ। मृतक युवा मानसिक विरामी रहेको बताइएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३६ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here