थप २ सय ४ जनामा कोरोना संक्रमण, ६ सय ८८ जना संक्रमणमुक्त

काठमाडौं, २३ असार । नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्‍वर गौतमको अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार कोरोना भाइरस संक्रमितको संख्या १६ हजार १६८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ६ सय ८८ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्।

यो सहित डिस्चार्ज हुनेको संख्या ७ हजार ४ सय ९९ पुगेको छ। मृतकको संख्या ३५ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here