कोरोनालाई सामान्य फ्लू दाबी गर्ने ब्राजिलका राष्ट्रपतिलाई नै कोरोना संक्रमण

काठमाडौं । ब्राजिलका राष्ट्रपति जैर बोलसोनारो कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । टेलिभिजनमा लाइभ सम्बोधन गर्दै बोलसोनारोले आफूमा कोरोना पोजेटिभ देखिएको बताएका हुन्।

उनले ब्राजिलियलाई केही हुँदैन, उनीहरुको शरीरमा एन्टीबडीको विकास भइसकेको छ जसले संक्रमण रोक्न सक्दछ भन्दै अभिव्यक्ति दिएका छिन् ।

कोरोनालाई सामान्य फ्लू भएका भन्दै देशवासीलाई नआत्तिन आग्रह गरेका थिए। साथै बोलसोनारोले सार्वजनिक स्थानमा अनिवार्य रुपमा मास्क लगाउनु पर्ने कानून स्वीकृत गरेका छन् ।

यो कानून लागु भएसँगै अब ब्राजिलका नागरिकले सार्वजनिक स्थानमा जाँदा वा घर बाहिर निस्कँदा अनिवार्य रुपमा मास्क लगाउनु पर्ने भएको छ ।

तर उनले चर्च, स्कूल, पसल तथा उद्योगमा पनि मास्क लगाउनु पर्ने व्यवस्थामा भने भिटो प्रयोग गरेका छन् । यस्ता स्थानमा मास्क अनिर्वाय गर्दा त्यसले सम्पतीको अधिकार हनन् हुने बोल्सोनारोको दाबी छ ।

दक्षिण अमेरिकामा सबैभन्दा धेरै जनसंख्या भएको ब्राजिल कोरोना भाइरसबाट विश्वमा सबैभन्दा बढी प्रभावित हुने देशको सूचिमा अमेरिकापछि दोस्रो स्थानमा छ ।

ब्राजिलमा अहिलेसम्म झण्डै १५ लाख मानिसमा संक्रमण पुष्टि भएकोमा ६१ हजार पाँच सय भन्दा बढीको ज्यान गएको छ ।

बिहीबार ब्राजिलमा ४८ हजार भन्दा बढीमा संक्रमण पुष्टि भएको थियो भने झण्डै १२ सयजनाको ज्यान गएको थियो ।