५० प्रतिशत भाडा बढाएर सार्वजनिक यातायात चल्न दिने सरकारको निर्णय

फाइलफोटो

काठमाडौं, २५ असार । सरकाारले सार्वजनिक यातायात चलाउन दिने निर्णय गरेको छ ।

बिहीबार प्रेस ब्रिफिङका क्रममा सरकारका प्रवक्ता अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले जिल्लाभित्र मात्रै सार्वजनिक यातायात चलाउन दिने निर्णय गरेको जानाकारी दिए ।

यात्रु सिट क्षमताको ५० प्रतिशतमात्र राख्न पाइने गरी सार्वजनिक यातायात सञ्चालन गर्ने दिने निर्णय सरकारले गरेको हो ।

काठमाडौंको हकमा उपत्यका भित्र र बाहिरको हकमा जिल्लाभित्रमात्र चल्न पाउनेछन् ।

तर यस्ता सवारी साधन चलाउँदा सुरक्षा विधि अपनाउनुपर्ने र सरकारले तोकेका अन्य विधि समेत अपनाउनुपर्ने जनाइएको छ।

चालक र सहचालकले मास्क, स्यानिटाइजर र ग्लब्स प्रयोग गर्नुपर्ने छ । त्यस्तै सिटको लहरमा एक जना मात्रै राख्नुपर्ने छ ।

यसैबीच यात्रुले तिर्नुपर्ने भाडा ५० प्रतिशतले बढाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here