बेलकोटगढी नगरपालिकाको एक महिलामा कोरोना संक्रमण

काठमाडौं, २६ असार । नुवाकोटको बेलकोटगढी नगरपालिकाको क्वारेन्टिमा बसिरहेकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय नुवाकोटद्धारा जारी विज्ञप्ति अनुसार जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा बिहिबार ३६ वर्षीय महिलामा संक्रमण पुष्टि भएको हो ।

यो सहित नुवाकोटमा कोरोना संक्रमितको संख्या २९ पुगेको छ । त्यसमध्ये २१ जना संक्रमण मुक्त भएर घर फर्किएका भन् । अन्यको जिल्लाको विभिन्न आइसोलेसनमा उपचार भैरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here