बार्सिलोनाले रियलसँग अंक दूरी एकमा झार्‍यो, मेस्सीको नयाँ कीर्तिमान

काठमाडौं, २८ असार । स्पेनिस ला लिगामा बार्सिलोनाले रियलसँगको अंक दूरी एकमा झारेको छ । बार्सिलोनाले शनिबार राति भएको खेलमा रियल भालडोलिडलाई १-० गोलले पराजित गरेको हो।

बार्सिलोनाको जितमा अर्टुरो भिदालले खेलको १५ मिनेटमा गोल गरे। उनले लिओनल मेसीको पासमा गोल गरेका थिए।

जितसँगै बार्सिलोनाको ३६ खेलबाट ७९ अंक छ भने रियलको ३५ खेलबाट ८० अंक छ। रियल म्याड्रिडले एक खेल कम खेलेको छ।

त्यस्तै बार्सिलोनाका कप्तान लियोनल मेस्सीले नयाँ कीर्तिमान बनाएका छन् । उनि ला लिगाको इतिहासमा एक सिजनमा २० गोल र २० असिस्ट गर्ने पहिलो खेलाडीको कीर्तिमानी बनाएका हुन् ।

अर्जेन्टिनी सुपरस्टार मेस्सी आफ्ना पूर्व टिममेट जाभिपछि ला लिगामा २० असिस्ट गर्ने पहिलो खेलाडी हुन् । यसअघि सन् २००८/०९ को सिजनमा जाभिले २० असिस्ट गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here