विदेशमा ९२ प्रतिशत नेपाली कोरोना संक्रमणमुक्त, १ सय ४३ जनाले ज्यान गुमाए

काठमाडौं,२८ असार । विदेशमा रहेका कोरोना संक्रमित नेपालीमध्ये ९२ प्रतिशत कोरोनामुक्त भएका छन् ।

गैरआवासीय नेपाली संघ अन्तरर्गतको स्वास्थ्य समितिका अनुसार विदेशमा कोरोना भाइरस संक्रमित मध्ये ९२ प्रतिशत नेपालीहरु कोरोना संक्रमणबाट मुक्त भएका जानकारी दिएको छ । साथै पछिल्ला दिनमा कोरोनाबाट मृत्यु हुने नेपालीको दरमा उल्लेख्य कमी देखिएको जनाएको छ ।

शनिवार साँझसम्म विश्वभर २९ हजार ६ सय २४ जना मध्ये २७ हजार ३ सय ६२ जना नेपाली संक्रमण मुक्त भएको गैरआवासीय नेपाली संघले जनाएको छ ।

संघ अन्तरर्गतको स्वास्थ्य समितिका संयोजक डा.संजीव सापकोटाका अनुसार अष्ट्रेलिया, पोल्याण्ड, कतार, साउदी अरबलगायतका देशमा रहेका नेपालीहरुमा सो साता कोरोना संक्रमण दर सामान्य रुपमा बृद्धि भएको छ ।

संघका अनुसार नेपालसहित कोरोना भाइरसका कारणले विश्वभर ज्यान गुमाउनेको संख्या १ सय ८१ पुगेको छ भने ४६ हजार ३ सय ४६ जनामा संक्रमण फैलिएको छ । ती मध्ये ३५ हजार ८ सय ४ जना कोरोना मुक्त भएको स्वास्थ्य समितिले जनाएको छ ।

गत सातासम्म विदेशका १४ देशमा संख्या रहेका १ सय ४३ नेपालीले कोरोना संक्रमण कै कारणले ज्यान गुमाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here