अमिताभको दोस्रो रिपोर्ट पनि पोजेटिभ, ऐश्वर्या र आराध्यालाई पनि कोरोना

काठमाडौं । बलिउडका अभिनेता अमिताभ बच्चनको कोरोना भाइरस दोस्रो रिपोर्ट पनि पोजेटिभ आएको छ।

साथै उनका पुत्र अभिनेता अभिषेकको पनि दोस्रो रिपोर्ट पोजेटिभ नै आएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। तर बच्चनपत्नी जया र रिपोर्ट भने नेगेटिभ आएको जनाइएको छ। बुहारी ऐश्‍वर्या राय बच्चन र उनी छोरी आराध्यालाई पनि कोरोना संक्रमण भएको छ ।

महाराष्ट्रका स्वाथ्यमन्त्री राजेश टोपेले ट्‍विट गरेर ऐश्‍वर्या र उनी छोरी आराध्यालाई कोरोना संक्रमणबारे जानकारी दिएको बीबीसीले जनाएको छ ।

बीबीसीका अनुसार ऐश्‍वर्याकी सासू जया बच्चनको परीक्षण रिपोर्ट भने नेगेटिभ आएको पनि उनले ट्‍विटमा उल्लेख गरेका छन् । यसअघि अमिताभ बच्चन र अभिषेक बच्चनलाई पनि कोरोान संक्रमण देखिएको थियो । अहिले अमिताभ र अभिषेक दुवै अस्पताल भर्ना भई उपचार गराइरहेका छन् ।

बलिउडका कलाकारमा कोरोना संक्रमण देखिन थालेपछि कलाकारको भेटघाटमा कडाइ गर्न थालिएको छ। त्यस्तै अर्का पाका अभिनेता अनुपम खेरको परिवारमा पनि कोरोना भेटिएको छ। उनकी आमा र भाइमा पनि कोरोना देखिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here