काठमाडौं, ३० असार । मेलम्ची खानेपानी आयोजनाको सुरुङमा २ जना बेपत्ता भएका छन् ।
सुरूङबाट पानी परीक्षण भइरहेका बेला एक ठाउँबाट एक्कासि पानी बाहिर आएपछि त्यहाँको अवस्था बुझ्न गएका आयोजनाकै इञ्जिनियर र चालक बेपत्ता भएका हुन्।
सुरूङमा बेपत्ता चार जनामध्ये २ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ । पानी खोल्न इन्जिनियरसहितको टोली मुहान पुगेका थिए। पानी खोलेपछि १७ नम्बर गेट थाम्न नसक्दा उनीहरुलाई पानीले बगाएको हो।
कफर ड्यामदेखि पहिलो अडिट टनेल करिब ७०० मिटरमा छ। सोही अडिट टनेलमा रहेको गेट फुस्किएको हो।






















