अन्तर बैंक डिजिटल कारोबारको शुल्क नलाग्ने व्यवस्था खारेज

काठमाडौं, ३१ असार । लकडाउन खुकुलो भएको भन्दै बैंकर एसोसिएसनले अन्य बैंकको एटिएम प्रयोग गर्दा शुल्क नलाग्ने व्यवस्था खारेज गरेको छ।

नेपाल बैंकर्स संघ, डेभलभमेन्ट बैंकर्स एसोसिएसन नेपाल र नेपाल वित्तीय संस्था संघले बुधवार संयुक्त विज्ञप्ति प्रकाशित गरी प्रायः बैंक तथा वित्तिय संस्था खुलेका र आवागमन खुकुलो भइसकेको भन्दै अन्तर बैंक एटीएमबाट कारोबार गर्दा शुल्क लिने/नलिने निर्णय सम्बन्धित बैंकले नै गर्ने जनाएका हुन ।

बैंकहरुले चैत ७ गतेदेखि विद्युतीय कारोबारहरु निःशुल्क प्रदान गर्दै आएका थिए। जसमा नगद झिक्नका लागि अन्तर बैंक एटिएम कार्ड प्रयोग गर्दा कुनै शुल्क नलाग्ने व्यवस्था भएको तथा नेपाल क्लियरिङ हाउसले प्रदान गर्ने कनेक्ट आइपिएस एनसिएचएल आइपिएस एनसिएचएल इसिसी सेवामा समेत शुल्क नलाग्ने व्यवस्था गरेका थिए।

योसँगै विद्युतीय कारोबार तथा नगद झिक्न अन्तर बैंक एटीएम प्रयोग गर्दा शुल्क लाग्नेछ । कनेक्ट आइपीएस, एनसीएचएल आइपीएस तथा एनसिएचएल इसीसी सम्बन्धी शुल्क निर्धारण पनि नेपाल क्लियरिङ हाउसले नै गर्नेछ ।

‘२०७७ साउन १ गतेदेखि विद्युतीय कारोबार तथा नगद झिक्न अन्तर बैंक एटीएम प्रयोग गर्दा शुल्क लिने/नलिने निर्णय सम्बन्धित बैंक तथा वित्तीय संस्थाले निर्धारण गर्ने बेहोरा अनुरोध गर्दर्छौं,’ विज्ञप्तिमा भनिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here