एआईजीमा निरज शाही र प्रद्युम्न कार्की सिफारिस

काठमाडौं, ३१ असार । गृह मन्त्रालयले २ प्रहरी नायब महानिरिक्षक (डिआइजी) प्रधुम्न कार्की र निरज शाहीलाई प्रहरी अतिरिक्त महानिरिक्षक (एआइजी) बढुवामा सिफारिस गरेको छ ।

गृह सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिले दुई डिआइजीलाई एआइजीमा बढुवा सिफारिस गरेको हो ।

कार्की र शाहीभन्दा एक वर्षपछि डिआईजीमा वढुवा भएका विश्व पोखरेल पोखरेलले विभिन्न शक्ति केन्द्र धाएर ‘छिर्के दाउ’ हान्न खोजेपछि उनको बढुवा भने भएन ।

डिआइजी शाही र कार्की नै एआइजीका पहिलो हकदार रहेका थिए । शाही र कार्की अहिलेका आइजिपी शैलेश थापा क्षेत्रीका ब्याची हुन ।

दुबै जना कार्यकुशलताको हिसावले अहिलेसम्म विवादमा परेका छैनन। कुनै उजुरी नपरे उनीहरुले एक साता भित्र दर्ज्यानी चिन्ह लगाउने छन।

उनीहरूलाई बढुवा नगरी पोखरेललाई बढुवा गरेको भए अहिलेको अवस्थामा प्रहरी सङ्गठनमा विवाद रहित बढुवा हुँदै आएको छ ।

पोखरेल, शाही र कार्कीपछि सबैभन्दा सिनियर डीआईजी हुन्। पोखरेल बढुवामा छुटेपछि अब हुने आईजिपी, डीआईजीबाटै सोझै बढुवा हुने छ। पोखरेल एआईजीमा बढुवा भएको भए उनि आगामी आईजिपी हुने पक्का हुने थियो।

वर्तमान आईजिपी थापाले २०७९ बैशाख १८ गते सेवाबाट अवकाश पाउने छन्। उनिसँगै तीनै जना एआईजी हरि पाल, शाही र कार्कीले अवकाश पाउने छन्।

यसको मतलब एआईजी दरबन्दी थप नभए २०७९ बैशाख १८ सम्म कोही पनि एआईजीमा बढुवा हुने छैनन्।

प्रहरी नियमावलीअनुसार आईजिपी, उपलब्ध एआईजीमध्येबाट र एआईजी नभए डीआईजीबाट बन्ने व्यवस्था छ।

अन्तिम पटक सर्वेन्द्र खनाल डीआईजीबाट सोझै आईजिपीमा बढुवा भएका थिए। एआईजीका लागि बढुवा समितीको अध्यक्ष गृहसचिव हुने गर्छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here