अलपत्र श्रमिकलाई स्वदेश फर्काउँदा शतप्रतिशत खर्च सरकारले व्यहोर्ने

फाइलफोटो

काठमाडौं, १ साउन । सरकारले वैदेशिक रोजगारीका क्रममा अलपत्र परेका श्रमिकहरुलाई वैदेशिक रोजगार कल्याणकारी कोषको रकम प्रयोग गरी ल्याउने निर्णय गरेको छ।

सोमबार बसेको मन्त्रीपरिषद्को बैठठको निर्णय सुनाउँदै अर्थमन्त्री डा. युवराज खतिवडाले एक वर्षभन्दा कम करार अवधिमा रोजगारी गुमाएर अलपत्र परेका कामदारहरु स्वदेश फर्काउँदा शतप्रतिशत खर्च कोषको रकमबाट व्यहोरिने व्यवस्था गरिएको जनाए ।

वैदेशिक रोजगारीमा गएको एक वर्ष वा सोभन्दा बढी अवधिभित्र रोजगारी गुमाएका श्रमिकहरु स्वदेश फर्काउनका लागि भने कोषबाट ५० प्रतिशत खर्चमात्रै व्यहोरिने व्यवस्था गरिएको छ।

सम्बन्धित रोजगारदाताले कामदारलाई हवाई शुल्क उपलब्ध गराउने वा नगराउने, कामदारको अवस्था, तलबलगायत सेवासुविधा पाएको वा नपाएको बारे कुटनीतिक नियोगले छानबिन खतिवडाले जानाकारी दिए ।

वैदेशिक रोजगारीका क्रममा अलपत्र परेका नेपाली कामदारको उद्धार फिर्तीसम्बन्धी कार्यविधि २०७७ पारित भएसँगै कोषको रकम खर्च गर्ने बाटो खुलेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here