कर्जा स्रोत परिचालन परिमार्जन, गाडीको डाउन पेमेन्ट घट्यो

फाइलफोटो

काठमाडौं, २ साउन । नेपाल राष्ट्र बैंक सञ्‍चालक समितिले चालु आर्थिक वर्ष ०७७/ ७८ मौद्रिक नीति पास गरेको छ ।

बिहान बसेको सञ्चालक समितिको बैठकबाट पारित भएपछि दिउँसो ३ बजे नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारणमार्फत मौद्रिक नीति सार्वजनिक हुनेछ ।

मौद्रिक नीतिमा कर्जा स्रोत परिचालन अनुपात (सीसीडी) मा पनि परिमार्जन गरिएको छ । स्रोतका अनुसार सीसीडी रेसियो ८५ प्रतिशत कायम गर्ने निर्णय सञ्‍चालक समितिले स्वीकृत गरेको हो ।

यता, व्यवसायमा देखिएको तलरता अभावलाई मध्यनजर गर्दै चालु पुँजी कर्जाको सीमामा पनि बढाउने निर्णय मौद्रिक नीतिमा गरिएको छ ।

मौद्रिक नीतिले ६५ प्रतिशत रहेको सेयर धितो कर्जा (मार्जिन लोन) को सीमा पनि बढाएको छ भने गाडी कर्जाको डाउन पेमेन्ट सीमा पनि घटाएको छ ।

राष्ट्र बैंकले अटो लोनको सीमालाई पनि बढाएर ६० प्रतिशत पुर्याएको छ । ५० लाख रुपैयाँ पर्ने गाडी किन्नु परेमा २० लाख हजार रुपैयाँ डाउनपेमेन्ट गरेर बाँकी इस्टलमेन्ट तिरे पुग्छ ।

तत्कालका लागि अन्य क्षेत्रमा ऋण प्रवाह हुनसक्ने अवस्था नभएका कारण यी क्षेत्रमा बैंकले प्रवाह गर्न पाउने ऋणको बढाइएको राष्ट्र बैंक स्रोतको दाबी छ ।

कोभिड १९ ले गर्दा सार्वजनिक यातायातमा नागरिकलाई जोखिम बढी भएकाले निजी तर सस्ता गाडीको डाउन पेमेन्ट घटाएको हो ।

यसैगरी मौद्रिक नीतिले सर्तसहित बैंकास्योरेन्स पनि खुलाएको छ । राष्ट्र बैंकले स्वेच्छिक मर्जरको नीति अवलम्बन गर्दै बिग मर्जरमा जानेलाई सहुलियत दिने निर्णय गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here