नेपालमा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु, मृतकको संख्या ४० पुग्यो

प्रतिकात्मक तस्बिर

काठमाडौं, २ साउन । नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको ज्यान गएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइसोलेसनमा उपचाररत सप्तरीका राजविराज नगरपालिका-१ का ७३ वर्षीय एक पुरुषएक जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

उनी मधुमेह र मुटुका दीर्घरोगी रहेको बताइएको थियो ।

उनी असार १ गते बेलुका खोकी र श्वासप्रश्वासमा समस्या भएपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको इमर्जेन्सीमा भर्ना भएका थिए ।

असार ३१ गते अस्पतालमा भर्ना गरिएको उनको शंका लागेर स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ आएको थियो।

उपचारक क्रममा प्रदेश १ मा कोभिडबाट पहिलो मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४० पुगेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here