कोरोना विशेष स्किम: सुजुकी बाईक किन्दा छुट वा शुन्य प्रतिशत ब्याज अफर

काठमाडौं । सुजुकी मोटरसाईकल तथा स्कुटरको नेपालका लागि आधिकारिक आयातकर्ता तथा वितरक भिजि अटोमोबाईल्स प्रालिले आफ्ना ग्राहकलाई मध्यनजर गर्दै कोरोना विशेष स्किमको घोषणा गरेको छ।

बिगत ३ महिनाबाट लकडाउनले पारेको आर्थिक असरलाई केही सहजता होस् भन्ने उदेश्यको साथ ‘उतार चडाब आईरहन्छ, सुजुकीको साथ रहिरहन्छू’ भन्ने मुल नारा राखेर प्रत्येक मोटरसाईकल तथा स्कुटरको खरिदमा १५ हजार नगद छुट वा शुन्य प्रतिशत ब्याजदरको स्किमको आह्वान गरेको छ।

ग्राहकलाई १५ हजार नगद छुट वा शुन्य प्रतिशत ब्याज दर मध्ये जुन ठिक लाग्छ त्यो छानेर लिन सकिने कम्पनिले जानकारी दिएको छ।

कम्पनीले अगाडि सारेको स्किम यहि श्रावण १ गते देखि ३१ गते सम्म नेपालभरका सम्पूर्ण शाखाहरुबाट प्राप्त गर्न सकिने छ। एक्सचेञ्जमा समेत यौ स्किम लागु गरिएको कम्पनिले जानकारी गराएको छ ।

सुजुकीका जिक्सर २५० सिरिज, जिक्सर १५० सिरिज, ईन्ट्रुडर तथा हयाते बाईक छन भने स्कुटर तर्फ बर्गम्यान, एक्सेस तथा लेट्स रहेका छन। १ बर्ष अगाडि मात्र नेपाली बजारमा बिक्रि सुरु भएकौ जिक्सर भेरियन्ट युवा पुस्ताले निकै रुचाईएको बाईकमा पर्दछ भने बर्गम्यान म्याक्सि स्कुटर भएकै कारण पनि लोकप्रिय रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here