महासंघको निर्वाचन: पूर्वअध्यक्षदेखि भावी अध्यक्षसम्म ध्रुविकृत, को कसको पक्षमा ?

काठमाडौं,३ साउन । निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंघमा चुनावी रौनक बढेको छ ।

विधानअनुसार नै वरिष्ठ उपाध्यक्ष अध्यक्ष बन्‍ने भएपछि वरिष्ठ उपाध्यक्ष सहितको प्यानल बनाएर महासंघमा चुनावी सरगर्मी बढेको हो ।

आगामी साउन २६ र २७ गते उपत्यकामा हुने चुनावको लागि दुवैपक्षले आ आफ्नो पक्ष बलियो भन्दै दाबी गर्दै आइरहेको छ । किशोर प्रधान र चन्द्र ढकाल दुवै पक्षको चुनावी मैदानमा पूर्वअध्यक्षदेखि भावी अध्यक्षसम्म लागेका छन् ।

ढकालको टीममा जिल्ला/नगर उपाध्यक्षमा गुणनिधि तिवारी, वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ र एसोसियट उपाध्यक्षमा रामचन्द्र संघाई रहेका छन् ।

ढकालले वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले अर्का प्यानललाई सहयोग गर्न खोजेको भन्दै असन्तुष्ट जनाउँदै आएका छन् । गोल्छा भने प्रधानको पक्षमा खुलेरै लागेका छन् ।

बरिष्ठ उपाध्यक्ष पदका अर्का प्रत्यासी किशोर प्रधानले पनि प्यानलै बनाएर चुनाबी प्रतिस्पर्धा गरिरहेका छन् । प्रधानको प्यानलमा जिल्ला/नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ, वस्तुगत उपाध्यक्षमा अन्जन श्रेष्ठ र एसोसियट उपाध्यक्षमा सौरभ ज्योति प्रतिस्पर्धामा छन् ।

प्रधान यसअघि पनि वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएका थिए । उनलाई शेखर गोल्छाले पराजित गरेका थिए । ढकाल एसोसिएटतर्फको उपाध्यक्षमा निर्विरोध चयन भएका थिए ।

महासंघको चुनावमा अधिकांश पूर्वअध्यक्षदेखि भावी अध्यक्षसम्म किशोर प्रधान समूहमा देखिएका छन् । चन्द्र ढकाल समूहमा स्पष्टरुपमा खुल्ने एक जना मात्रै पूर्वअध्यक्ष चण्डि ढकालमात्र छन् भने दुई जना पूर्वअध्यक्षहरु सुरज वैद्य र रविभक्त श्रेष्ठ मध्यमार्गी धारमा देखिएका छन् ।

वैद्य र श्रेष्ठको साथ आफूहरुलाई रहेको किशोर प्रधान र चन्द्र ढकाल दुवै पक्षको दावी छ ।

बाँकी पूर्वअध्यक्षहरु मुरारकासहित महेशलाल प्रधान, पद्य ज्योति, विनोदबहादुर श्रेष्ठ, प्रदीपकुमार श्रेष्ठ, कुशकुमार जोशी, प्रदीपजंग पाण्डे, वर्तमान अध्यक्ष भवानी राणा र भावी अध्यक्ष शेखर गोल्छा खुलेर किशोर प्रधान पक्षमा देखिएका छन् ।

पद्य ज्योतिका छोरा शौरभ ज्योति उपाध्यक्षकै उम्मेवार छन् भने प्रदीपजंग पाण्डेका छोरा प्रवलजंग पाण्डे कार्यकारिणी सदस्य उठ्दै छन् ।

चण्डी ढकालदेखि पूर्ववरिष्ठ उपाध्यक्ष भास्करराज कर्णिकार आफ्नो पक्षमा भएकाले चुनाव जितिने विश्वासमा चन्द्र ढकाल समूह रहको स्रोतको दाबी छ ।

५४ औं वार्षिक साधारणसभाको लागि महासंघल ललितपुरस्थिति हेरिटेज गार्डेन बुकिङ गरिसकेको छ । साधारण सभाको एजेन्‍डा पनि सार्वजनिक गरेको छ ।

लकडाउन अगाडि प्रचारप्रसारमा व्यस्त दुवै आकांक्षी लकडाउन खुकुलो बन्दै गएपछि पुनः प्रचारप्रसारमा लागेका छन् । चुनावी कार्यतालिका अनुसार साउन २६ गते विहान ९ बजेट साधारण सभाको उद्घाटन हुनेछ ।

ढकाल समूहको प्यानलसहित उम्मेदवारी घोषणा, गोल्छाको भूमिकाप्रति असन्तुष्टि

ढकालको प्रश्न-‘वरिष्ठ उपाध्यक्ष स्वत: अध्यक्ष बन्ने प्रावधान कसले जोगायो’ ?

‘अबको तरलता व्यवस्थापनका लागि मूख्य आशा नै मौद्रिक नीति हो ’

उद्योग वाणिज्य महासंघमा चुनावी रौनक, कुन पदको मनोनयन शुल्क कति ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here