नेकपा विवाद: सचिवालयमा पनि सहमति जुटेन, समाधान स्थायी कमिटीबाट

काठमाडौं, ३ साउन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विवाद सचिवालय बैठकबाट पनि सहमति जुट्न सकेन् । शनिबार धानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठक सहमति बिनै सकिएको छ ।

सचिवालय बैठकमा पनि कुनै सहमति जुट्न नसकेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

पत्रकारसँग कुरा गर्दै प्रवक्ता श्रेष्ठले सचिवालय बैठकमा पार्टीको आन्तरिक समस्या र संकटलाई सहमतिको आधारमा सम्बोधन र समाधान कसरी गर्ने भन्ने विषयमै छलफल केन्द्रित भएको जानकारी दिए।

आइतबारका लागि बोलाइएको स्थायी समितिको बैठक तोकिएकै समयमा बस्ने सहमति भएको बताए।

प्रवक्ता श्रेष्ठले सञ्चारकर्मीसँग भने, ‘कुनै ठोस् सहमतिमा पुगिएको छैन, भोलि स्थायी समितिको बैठक तोकिएकै समयमा बस्छ।’

बैठकमा दुवै अध्यक्षले अहिलेको संकटको सहमतिका आधारमा निकास दिने र जनताले दिएको जिम्मेवारी पूरा गर्ने दिशामा अगाडि बढ्ने बताएको उनले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here