थप १ सय ५६ जनामा कोरोना संक्रमण, ५८ जना डिस्चार्ज

काठमाडौं, ४ साउन । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा पिसिआर विधिबाट ३ हजार ७ सय ४१ वटा नमुना परिक्षण गरिएकोमा १ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ६ सय ५८ पुगेको मन्त्रालयले बताएको छ । पछिल्लो २४ घण्टामा थप ५८ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या ११ हजार ६ सय ९५ पुगेको छ।

कुल संक्रमितमध्ये ४० जनाको मृत्यु भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here