देशभर वर्षा : कहाँ-कहाँ छ बाढी पहिरोको उच्च जोखिम ?

फाइलफोटो

काठमाडौं, ५ साउन । जल तथा मौसम विज्ञान विभागले अविरल वर्षाको कारण देशभर बाढी, पहिरो र डुबानको जोखिम बढाएको भन्दैसतर्क रहन सवैलाई आग्रह गरेको छ ।

न्यूनचापीय रेखा नेपाल नजिक रहेकाले अब कम्तीमा तीन दिन देशभर व्यापक वर्षा जारी रहने अनुमान मौसमविद्ले गरेका छन्।

विभागका अनुसार गएराति प्रदेश २, प्रदेश ४, प्रदेश ५ र प्रदेश ७ का जिल्लाहरुमा अत्याधिक वर्षा मापन भएको छ । मौसमविदहरुले मध्यमदेखि भारी वर्षाको सम्भावना अझै रहेकाले पहिरो, डुबान र बाढीको जोखिम क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेका हुन ।

मौसम विज्ञान विभागको मौसमपूर्वानुमान महाशाखाका अनुसार आज देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुनेछ ।

प्रदेश १, प्रदेश २, बागमती प्रदेश, प्रदेश ५, गण्डकी प्रदेशका केही स्थानहरुमा साथै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

काठमाडौंका खोला–नदीमा बहाव बढ्यो

विभागका अनुसार पछिल्लो तीन घण्टामा काठमाडौं उपत्यकाका धेरै स्थानमा मध्यम वर्षा मापन भएको छ । त्यसैले विष्णुमती, मनोहरा, हुनमन्ते, नख्खु लगायतका नदी तथा खोलामा बहाव सतर्कता नजिक छ । नदी र नालाको पानी किनारको सडकसम्म आउन सक्ने भएकाले अझै तीन घण्टा सतर्क रहन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

बाढी सूचना केन्द्रले आज बिहान चार बजे जारी गरेको सूचना अनुसार हाल बारा, पर्सा, रौतहटका धेरै स्थानमा भारी वर्षा भएको छ ।

थप वर्षा हुने सम्भावना रहेकाले लालबकैया र अन्य साना नदीमा आकस्मिक बाढी आउन सक्ने पूर्वानुमान गरिएको छ । सोहीअनुसार केन्द्रले नदी किनार र डुबान भइरहने होचा स्थानमा दिउँसोसम्मै सतर्क रहन बाढी सूचना केन्द्रले आग्रह गरेको छ ।

यसैगरी परासी, बर्दघाट, डण्डा बजारलगायत नवलपरासीका धेरै स्थानमा पनि भारी वर्षा मापन भएको छ । थप वर्षा हुन सक्ने भएकाले अरूणखोला, गिरूवारी खोला र नवलपरासीका साना नदी तटीय क्षेत्रमा एक्कासी बाढी आउन सक्ने चेतावनी दिइएको छ । त्यसैले नवलपरासीवासीलाई सतर्क रहन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

पश्चिम राप्ती, बाँकेको ढकेरी र आसपास पनि भारी वर्षा मापन गरिएको मौसम विज्ञान विभागले जनाएको छ । सो क्षेत्रमा थप वर्षाको सम्भावना छ ।

त्यसैले डुडवा खोला र आसपास एक्कासी बाढी आउन सक्ने र राप्ती नदीमा पनि जलसतह बढ्ने भएकाले डुबान भइरहने होचा स्थानमा दिउँसोसम्म सतर्क रहन बाढी सूचना केन्द्रले आग्रह गरेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान


साउन ५ गते (सोमबार)

दिउँसोः देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुनेछ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, प्रदेश ५, गण्डकी प्रदेशका केही स्थानहरुमा साथै सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

राती : देशभर पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदुरपश्चिम प्रदेश केही स्थानहरुमा साथै कर्णाली प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

साउन ६ गते (मंगलबार)

दिउँसोः देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, प्रदेश ५ र गण्डकी प्रदेशका केही स्थानहरुमा साथै सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

राती : देशभर पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, प्रदेश ५ र गण्डकी प्रदेशका केही स्थानहरुमा साथै सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

साउन ७ गते (बुधबार)

दिउँसोः देशभर सामान्य बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, प्रदेश ५ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

राती : देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेशका केहि स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here