फेरि तोडियो कोरोना संक्रमितको रेकर्ड, भारतमा अहिलेसम्मको धेरै फेला

फाइलफोटो

काठमाडौं, ५ साउन । विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ४६ लाख ४० हजार ३२६ पुगेको छ ।

एकै दिन २ लाख ६० हजारमा संक्रमण देखिएसँगै नयाँ रेकर्ड तोडिएको छ । योसँगै कोेरोना संक्रमित संख्यामा लगातार तेस्रो दिन नयाँ कीर्तिमान कायम भएको छ ।
विश्वभर अहिलेसम्म ६ लाख ४ हजार ७२५ जना कोरोना संक्रमितको ज्यान गएको छ।

अमेरिकामा मात्रै १ लाख ४० हजार ४७४ जना संक्रमितको मृत्यु भएको छ। यो संख्या विश्वभर ज्यान गुमाउने संक्रमितको एक चौथाई हो।

भारतमा मात्रै यो अवधिभित्र ३८ हजार ९०२ जना संक्रमित भेटिएका छन्। त्यहाँ एकैदिन ५४३ जनाको मृत्यु भएको छ। महामारीबाट बढी चपेटामा फसेका देशहरुको सूचीको तेस्रो स्थानमा रहेको भारतमा अहिलेसम्म १० लाख ७७ हजार ७८१ जना संक्रमित फेला परेका छन् भने २६ हजार ८१६ जना संक्रमितको ज्यान गएको छ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा १ लाख ९९ हजार ८७ जनाको मृत्यु भएको छ । २६ लाख ६९ हजार ३८१ जना संक्रमित भएकोमा १५ लाख ८८ हजार ७८८ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ९६ हजार ६११ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ४५ लाख ६९ हजार १४७ पुगेको छ । त्यसमध्ये २२ लाख १३ हजार १२९ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा ७९ हजार ८९५ जनाको मृत्यु भएको छ । ३३ लाख ९७ हजार ३२८ जना संक्रमित भएकोमा २४ लाख ११ हजार ४५३ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख १७ हजार ८९१ जनाको मृत्यु भएको छ । ३२ लाख ६५ हजार २९९ जना संक्रमित भएकोमा २१ लाख २२ हजार ८६४ जना संक्रमणमुक्त भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here