काठमाडौंमा पहिरोबाट एक जना युवकको मृत्यु

फाइलफोटो

काठमाडौं, ५ साउन । काठमाडौंमै पहिरोबाट एक जना युवकको मृत्यु भएको छ ।

आइतबार साँझ पहिरोले पुर्दा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर १, गागलफेदीको सतीघट्टा घर भएका २२ वर्षीय नवराज गुरुङको मृत्यु भएको हो।

आइतबार साँझ साढे ६ बजेतिर घुम्न निस्किएका गुरुङ शौच गर्न गएका बेला पहिरो खसेर पुरिएका प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here