विदेशमा रहेका ३२ हजार नेपालीको उद्धार, कुन देशबाट कति ?

फाइलफोटो/ सीसीएमसी

काठमाडौं, ५ साउन । कोभिड–१९ को संक्रमण रोक्न लकडाउन घोषणा गरेसँगै विदेशमा रहेका नेपालीहरुको उद्धार कार्य जारी छ ।

सरकारले स्वदेश फर्काउन सुरु गरेदेखि साउन ४ गतेसम्मको अवधिमा ३२ हजार १ सय ६९ जना स्वदेश फर्किएका छन् ।

सरकारले अन्तर्राष्ट्रिय सीमा नाका र अन्तर्राष्ट्रिय उडान पनि साउन ७ गतेसम्म बन्द राख्ने निर्णय गरेपनि चाटर्ड उडान मार्फत उद्धार कार्यलाई निरन्तरता दिइरहेको छ ।

सीसीएमसीको तथ्यांक अनुसार त्यस अवधिमा सबैभन्दा धेरै युएई स्वदेश फर्किएका छन् । युएईबाट ७ हजार ६ सय १७ जना नेपाल फर्किएका छन् । कुवेतबाट ५४ सय ४९ जनाको उद्धार भएको हो । मलेसियाबाट ३७ सय ३० जना नेपालीहरू स्वदेश फर्किएका छन्।

जापानबाट ७ सय ५६ जना, अफगानिस्तानबाट १८ जना, हङकङबाट ८९ जना, म्यानमारबाट २६ जना र अस्ट्रेलियाबाट ६ सय ३४ जनाको उद्धार गरिएको छ।

यस्तै बंगलादेशबाट ८ सय ४१ जना, ओमानबाट ४ सय ९२ जना, माल्दिभ्सबाट ७ सय ९ जना नेपाल फर्किएका छन् ।

यसैगरी कतारबाट ३ हजार ६ सय ३३ जना, श्रीलंकाबाट ५ जना नेपाली फर्किएका छन् भने दक्षिण कोरियाबाट ४ सय ७६ जना नेपाल फर्किएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here