डेढ मिनेटमा नै दुई पटक पोजेटिभ सर्किट लागेको नेप्से अन्ततः १४ अंकले घट्यो

काठमाडौं, ५ साउन । बढेर दुई पटक सर्किट लागेको सेयर बजार अन्तिममा १४ अंकले घटेर आजको कारोबार सकिएको छ ।

बजार खुलेको डेढ मिनेटमा नै दुई पटक पोजेटिभ सर्किट लागेर २० मिनेट र ४० मिनेटसम्म कारोबार स्थगित भएको थियो। करिब १२ बजे बजार खुलेपछि भने बजार अघिल्लो दिनको तुलनामा नेप्से १४ अंकले घट्यो।

सोमबारको कारोबारपछि परिसूचक १४ सय ६४ अंकमा कायम भएको छ। दिउँसो बजार १५ सय ५६ अंकसम्म पुगेको थियो।सोमवार १४ दशमलव शून्य ९ अंकले घटेको बजारमा १८१ कम्पनीको ३३ हजार ४३३ पटकको व्यापारमा ७० लाख १ हजार २५८ कित्ता सेयर कारोबार भएको छ । सोमवार कुल कारोबार रकमको सबैभन्दा बढी हिस्सा एनएमबी बैंकले ओगटेको छ । एनएमबि बैंकको सोमवार रू. २० करोड १४ लाख ९९ हजार बराबरको कारोबार भएको हो ।

एनएमबि पछि दोस्रोमा नेपाल पुनर्बीमा कम्नपीको सेयर कारोबार भएको छ । यस कम्पनीको रू. १७ करोड ६३ लाख ८२ हजार बराबरको सेयर कारोबार भएको हो ।

यस दिन युनाइटेड फाइनान्स, एनआईसी एशिया लघुवित्त र स्पर्श लघुवित्तको सेयरमूल्य सबैभन्दा बढीले बृद्धि भएको छ । युनाइटेड फाइनान्सको ९ दशमलव ९४ प्रतिशत बृद्धि भई रू. १८८ , एनआईसी एशिया लघुवित्तको ९ दशमलव ९० प्रतिशत बृद्धि भई रू. ६८८ र स्पर्श लघुवित्तको ९ दशमलव ८० प्रतिशत बृद्धि भई रू. १ हजार ८ कायम भएको छ ।

बढेर पनि घटेको सोमवारको बजारमा गुराँस लघुवित्तका शेयरधनीहरुले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य ९ दशमलव ९८ प्रतिशत अर्थात रू. १०१ ले घटेर रू. ९११ कायम भएको छ ।

सोमवार बजाअन्तिम समयमा कारोबारमा आएका १२ समूहमध्य बैंकिङ समूहको शून्य दशमलव २४ प्रतिशत, विकास बैंकको शून्य दशमलव ९२ प्रतिशत, वित्त समूहको शून्य दशमलव १७ प्रतिशत र म्यूचुअल फण्ड समूहको शून्य दशमलव ११ प्रतिशत परिसूचक बढेको छ ।

यस दिन व्यापारिक समूहको ४ दशमलव २५ प्रतिशत, होटल समूहको ४ दशमलव ४७ प्रतिशत, जलविद्युत समूहको १ दशमलव २३ प्रतिशत, निर्जीवन बीमा समूहको शून्य दशमलव ६४ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको ४ दशमलव ४१ प्रतिशत, अन्य समूहको २ दशमलव ६८ प्रतिशत , लघुवित्त समूहको ३ दशमलव ४४ प्रतिशत र जीवन बीमा समूहको २ दशमलव १५ प्रतिशत परिसूचक घटेको छ । यस दिन ठुला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इन्डेक्स २ दशमलव ८४ अंक घटेर ३०९ दशमलव ६० विन्दुमा झरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here