उपत्यकामा तीनजना कोरोना संक्रमित थपिए

काठमाडौं, ५ साउन । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप तीन कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका २ जनामा कोरोना संक्रमण देखिएको छ ।

पाटन अस्पतालमा गरिएको परीक्षणमा ललितपुरका एक जनामा कोरोना देखिएको उनले जानकारी दिए । आइतबार काठमाडौं उपत्यकामा ३ जना संक्रमित थपिएका थिए ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ८ सय ४४ पुगेको मन्त्रालयले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here