भदौ १ गतेदेखि हवाई उडान खुला गर्ने निर्णय, लकडाउन अझै खुकुलो

काठमाडौं, ५ साउन । सरकारले भदौ १ गतेदेखि अन्तरिक तथा बाहृय हवाई उडान खुला गर्ने भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले आगामी भदौ १ गतेदेखि हवाई उडान सुरू गर्ने निर्णय गरेको हो ।

उडान सञ्चालनका लागि आवश्यक प्रोटोकल तयार पार्न संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयलाई जिम्मा दिएको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि लकडाउनको समयमा आन्तरिक र बाह्य दुवै उडान उडान बन्द गरिएको थियो।

यस्तै अहिलेको लकडाउनलाई अझै खुकुलो बनाइने भएको छ। यथास्थितिको लकडाउन साउन ७ गते सकिँदैछ।

त्यसपछिको चरणमा लकडाउनलाई अझै खुकुलो बनाइने भएको छ । सिनेमा घर, लामो दुरीका सवारीसाधन, कलेज, विद्यालय लगायत सीमित केही क्षेत्रलाई बन्द गरी अन्य उद्योग व्यवसाय सञ्चालनमा थप सहजता मिलाइने भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here