बाढी पहिरो पिडितलाई रेडक्रसको सहयोग, प्रतिपरिवार १० हजारको राहत

smart

काठमाडौं, ५ साउन । सिन्धुपाल्चोक, म्याग्दी, गुल्मी, जाजरकोट लगायत १८ वटा पहिरो अति प्रभावित जिल्लाहरुका २ सय २५ परिवारलाई नेपाल रेडक्रसले राहत सामग्रीको पूर्णसेट उपलव्ध गराएको छ ।

वितरित सामग्री सेटमा तार्पोलिन –१, कम्बल–२, महिलाको सारी– १, सिलाउने कपडा–१४.५ मीटर, भाँडाकुडा सेट–१, बाल्टी–१ र नाइनलको डोरी १० मिटर लगायतका सामग्री छन् । त्यसरी वितरित सामग्री सेटको प्रतिसेटको मूल्य रु. १० हजार रहेको रेडक्रसले बताएको छ ।

‘अहिलेसम्म २५ लाख मूल्य वढीको सामग्री प्रत्यक्ष प्रभावित परिवारलाई उपलव्ध गराइएको छ र ५ हजार परिवारसम्मलाई सहयोग गर्ने तयारीमा छौँ,’ नेपाल रेडक्रसका विपद् व्यवस्थापनका निर्देशक मोना अर्यालले भनिन् । सरकारसँगको समन्वयमा बनाइएको मनसून पूर्वतयारी योजना मुताविक उद्धार तथा राहत सेवा सञ्चालन गरिएको उनको भनाइ छ ।

यसका अतिरिक्त तत्कालको आवश्यकता अनुसार ५ सय ८२ वटा तार्पोलिन, ३ सय ९२ वटा कम्मल, १५ सेट भाँडाकुडा र २ वटा टेन्ट प्रभावितलाई उपलव्ध गराइएको छ ।

बाढी पहिरोले सोमबारसम्म कम्तिमा २ हजार ४ सय ३८ परिवार विस्थापित भएको र ३ हजार ३ सय ५७ परिवारलाई गम्भीर असर परेको रेडक्रसको प्रारभ्भिक अनुमान छ ।

त्यस्तै प्रारम्भिक प्रतिवेदन अनुसार ४ सय १५ घर पूर्ण क्षती भएका र ५ सय ६५ घरमा आंशिक क्षति पुगेको बताइएको छ ।
बाढी प्रतिकार्यको लागि ३४ वटा टोली देशभरी परिचालित भएका छन् ।

यसैबीच हिजो सिन्धुपाल्चोकको मेलम्चीमा पहिरोले विस्थापित भएका २० परिवारलाई तत्कालै राहत सामग्री उपलव्ध गराइएको छ । त्यस्तै जाजरकोटको बारेकोटमा पनि पहिलो चरणको राहत सामग्री पुर्याइएको छ ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here