अवैधरुपमा नेपाल भित्राउँदै गरेको चल्ला नष्ट

दोधारा, ५ साउन । कोरोना संक्रमणको कारण सरकारले सीमा क्षेत्र सिल गरेको अवस्थामा सशस्त्र प्रहरी बल नेपाल बिओपी बैलबन्दले गडीगोठ नाका नजिक नेपाल भारत सिमा क्षेत्रबाट भारतबाट नेपाल भित्राउँदै गरेको अबैध बोईलर कुखुराको चल्ला बरामद गरेको छ् ।

सोमबार बिहान माहाकाली नगरपालिका वडा नं. १ स्थित रहेको सशस्त्र प्रहरी बल नेपाल बिओपी बैलबन्दका प्रहरी निरिक्षक अर्जुन कुवरको गएको गस्ती टोलीले माहाकाली नगरपालिका वडा नं. १ गडीगोठ नजिक नेपाल भारत सीमा क्षेत्रमा अबैधरुपमा नेपाल भित्राउँदै गरेको ७ सय बोईलर कुखुराको चल्ला बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल बिओपी बैलबन्दले जनाएको छ् ।

सशस्त्र प्रहरी बल नेपाल बिओपी बैलबन्दका प्रहरी निरिक्षक अर्जुन कुवरले बरामद गरेको कुखुराको चल्ला स्थानियहरुको रोहवरमा नष्ट गरेको बताएका छन् । सशस्त्र प्ररहकिो टोलीलाई देखेर तस्करहरु कुखुराको चल्ला छाडेर भागेको बताईएको छ् ।

उक्त बरामद चल्लाको अनुमानित मुल्य झण्डै ६० हजार रहेको बताईएको छ् । हालै स्थापना भएको सशस्त्र प्रहरी बल नेपाल बिओपीले सिमा क्षेत्रमा शान्ती कायम राख्दै आएको स्थानियहरुको भनाई रहेको छ् । सिमा क्षेत्रमा हुदै आएको तस्करी तथा कालोबाजारीलाई सशस्त्र प्रहरीले निरुस्ताहित गर्दै आएको छ् ।

यता माहाकाली नगरपालिका वडा नं. ३ स्थित रहेको सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्टले सिमा क्षेत्रमा तस्करी भएका ३ कुण्टल कुखुरा र ५० केजी माछा बरामद गरि स्थानिय तथा जनप्रतिनिधीको रोहवरमा नष्ट गरेको सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनीका प्रहरी निरिक्षक राम सिंह भण्डारीले जानकारी दिएका छन् । सशस्त्र प्रहरीले सिमा क्षेत्र कडाई गर्न थालेपछि तस्करहरुको हैरान हुन थालेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here