दोधाराका विपन्न परिवारलाई कुवेतबाट सहयोग

पप्पु गुरुङ्ग

दोधारा, ५ साउन । दोधाराको बिपन्न परिवारलाई रेडक्रस सोसाईटी दोधारा उपशाखाले बैदेशिक रोजगारीमा गएका नेपालीहरुबाट राहत उपलब्ध गराउदै आएको छ् ।

रोजगारीको सिलसिलमा बिभिन्न देशमा रहेका नेपालीहरुले नेपाल रेडक्रस सोसाईटी दोधारा शाखालाई रकम पठाएपछि राहत बितरण कार्य निरन्तर जारी राखेका छन् ।

नेपाल रेडक्रस सोसाईटी उपशाखाले लकडाउनको समयमा दोधाराका गरिब तथा अतिबिपन्न परिवारजनलाई राहत बितरण कार्य अघि बढाउदै आएको छ् ।

उक्त कार्यमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले सघाउँदै आएका छन् । कोरोना भाइरसको संक्रमणलाई नेपाल सरकारले लकडाउन गरेपछि उत्पन्न खाद्यान्नको समस्याले गरिब तथा अतिबिपन्नहरु निकै मारमा परेका हुन् ।

नेपाल रेडक्रस सोसाईटी उपशाखा दोधाराले लकडाउनको बेला घरमा चुल्हा जलाउन हम्मे–हम्मे परेका स्थानियहरुलाई समय सापेक्ष राहत बितरण गर्दै आएको छ् ।

नेपाल रेडक्रस सोसाईटी उपशाखाले मलेशिया, कोरिया लगाएत स्थानिय ब्यक्ती तथा संघ संस्था संग समन्वय गरि खाद्यान्न बितरण कार्य गर्दै आएको छ् ।

एक कार्यक्रमको बिच नेपाल रेडक्रस सोसाईटी उपशाखा दोधाराको कार्यालयमा लकडाउनको कारण समस्यामा परेका अतिबिपन्न, असहाय तथा अपांग भएका ४१ जना स्थानियहरुलाई राहत सामग्री बितरण गरिएको नेपाल रेडक्रस सोसाईटी उपशाखा दोधाराका सभापती राजेन्द्र मल्लले जानकारी दिएका छन् ।

नेपाल रेडक्रस सोसाईटी उपशाखाले माहाकाली नगरपालिका वडा नं। ७ निवासी तथा रोजगारीको सिलसिलामा हाल कुबेतमा बस्दै आएका बिकास पौडेल र नविन गुरुङ्ग दुबै दाजु भाईले रकम पठाएपछि दोधाराका लकडाउनको कारण समस्यामा परेका अतिबिपन्न, असहाय तथा अपांग भएका ४१ जना स्थानियहरुलाई १० केजी चामल, २ केजी दाल, १ केजी नुन, १ लिटर खाने तेल, २ प्याकेट चाउचाउ र १ थान सर्जिकल मास्क प्रति ब्यक्तीको दरले राहत बितरण गरिएको उपशाखा सभापती राजेन्द्र मल्लले बताएका छन् । माहाकाली नगरपालिका वडा नं। ७ निवासी तथा रोजगारीको सिलसिलामा हाल कुबेतमा बस्दै आएका बिकास पौडेल र नविन गुरुङ्गका अभिभावक रन बहादुरकाृ उपस्थिती रहेको राहत बितरण कार्यक्रममा रेडक्रसकर्मी र स्थानियहरुको सहभागिता रहेको थियो ।

रेडक्रसकर्मीले दाता रोजगारीको सिलसिलामा कुबेतमा रहेका बिकास पौडेल र नविन गुरुङ्गलाई बिशेष धन्यबाद दिएका छन् । आफ्नो कमाईबाट मानवहितको लागी खाद्यान्न आभव रहदै आएको बेला मानवता देखाएको भन्दै उनिहरुको उज्जवल भविष्यको कामना समेत गरिएको बताईएको छ् ।

दबै दाजु भँईले पठाएको जम्मा रकम रु। ६० हजार मध्य ४१ जनालाई राहत तथा नेपाल रेडक्रस सोसाईटी उपशाखा दोधारालाई १० थान त्रिपाल खरिद गरिएको नेपाल रेडक्रस सोसाईटी उपशाखाका कोमल उपाध्यायले बताए । खरिद गरिएको त्रिपाललाई बिपद्को बेला स्थानिहरुलाई सहयोग गर्ने उपशाखाका सचिव मोहन सुनारले जानकारी दिएका छन् ।

नेपाल रेडक्रस सोसाईटी उपशाखा दोधाराले बैदिशिक रोजगारीमा रहेका तथा बिभिन्न संघ संस्था तथा ब्यक्ती संग समन्वय गरि स्थानियहरुलाई पिरमर्कामा मलहम लगाउने कार्य गरेको भन्दै परोपकारी संस्थामा उदार मन भएका कार्य समितिको कारण स्थानियहरुलाई महामारीको बेला कष्टकर जीवनयापन गर्न बिवस सबै उमेर समुहका अशक्त, अनाथ, अपाङ्ग, असहाय ब्यक्तिहरुलाई रेडक्रसले सघाउने प्रयत्न गर्दै आएको भन्दै स्थानियहरुले रेडक्रस सोसाईटी उपशाखा दोधाराको टोलीलाई धन्यबाद दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here