टी २० विश्वकप एक वर्ष पछि सर्‍यो, एक दिवसीय तोकिएकै मितिमा

काठमाडौं । सन् २०२० मा अष्ट्रेलियामा हुने तय भएको टी-२० विश्वकप क्रिकेट स्थगित भएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले बोर्ड बैठकले कोरोना भाइरस कारण विश्वकप स्थगित गर्ने सोमबार निर्णय गरेको हो।

टी-२० विश्वकप आगामी अक्टोबर(नोभेम्बरमा अस्ट्रेलियामा हुने तय थियो। आईसीसीले विज्ञप्ति जारी गर्दै टी-२० विश्वकप अब सन् २०२१ को अक्टोबर नोभेम्बरमा आयोजना गर्ने जनाएको छ ।

भारतमा हुने भनिएको २०२२ को टि-२० विश्वकपमा पनि अक्टोबर- नोभेम्बरमा हुनेछ । भारतले नै आयोजना गर्ने २०२३ को एक दिवसीय विश्वकप पनि तोकिएको मितिमा हुने आइसीसीले जनाएको छ ।

टी-२० विश्वकप सरेसँगै २०२० को इन्डियन प्रिमियर लिग (आइपिएल) आयोजनाका लागि सहज भएको छ। सिजनको आइपिएल कोरोना भाइरसका कारण अनिश्चितकालका लागि स्थगित गरिएको थियो।

यसअघि भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बिसिसिआई) ले आगामी सेप्टेम्बर २६ देखि नोभेम्बर ७ सम्म युएईमा सिजनको आइपिएल गराउने विषयमा छलफल अघि बढाएको थियो।

त्यसअघिका लागि बिसिसिआईले टी-२० विश्वकप स्थगितको निर्णय कुरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here