कोरोना विरूद्धको खोपमा बेलायतलाई सफलता, मानिसमा गरिएको दोस्रो परीक्षण सफल

काठमाडौं, ६ साउन । कोरोना भाइरसविरूद्धको खोपमा बेलायतलाई सफलता मिलेको छ ।

बेलायतस्थित अक्सफोर्ड विश्वविद्यालयले मानवमा गरेको परीक्षणमा उक्त खोप सुरक्षित हुनुका साथै कोरोना भाइरससँग लड्ने प्रतिरोधक क्षमता बढाउन सफल भएको विश्वविद्यालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

समाचार एजेन्सीहरुका अनुसार ११ हजार ७७ जना व्यक्तिमा गरिएको दोस्रो चरणको परीक्षणमा खोपले शरीरमा कोरोना भाइरसबिरुद्धको एन्टीबोडी तथा टि सेल्स बनाउन सफल भएको छ । बेलायतले एक अरब डोज निर्माण गर्न अक्सफोर्ड युनिभर्सिटी तथा खोप निर्माता कम्पनीसंग अर्डर गरिसकेको छ ।

यो खोप मान्छेलाई असर नगर्ने तर चिम्पान्जीलाई संक्रमण गराउने भाइरससंग आनुबंशिक मिश्रणद्वारा तयार गरिएको अक्सफोर्ड युनिभर्सिटीले खोप निर्माणको पहिलो चरणमा बताएको थियो । यो खोपलाई कोरोना भाइरसको स्पाइक प्रोटिनलाई निष्क्रिय बनाउने विश्वास गरिएको छ ।

दोस्रो फेजको परीक्षणमा सहभागीमध्ये ९० प्रतिशतलाई पहिलो डोजले नै एन्टिबोडी बिकास गरेको छ भने १० प्रतिशतलाई दुई डोज दिनुपरेको जनाइएको छ ।

सहभागीमध्ये ७० प्रतिशतलाई ज्वरो आउने तथा टाउको दुख्ने लक्षण देखिएपनि कुनै गम्भीर पार्श्वप्रभाब नभएको अनुसन्धानकर्ताले जानकारी दिएका छन ।

तेस्रो तथा अन्तिम चरणको ट्रयालमा बेलायतमा एक लाख व्यक्तिलाई, अमेरिकामा ३०, हजार व्यक्तिलाई, दक्षिण अफ्रिकामा २ हजार र ब्राजिलमा ५ हजार व्यक्तिलाई समाबेश गरिने विश्वविध्यालयले बताएको छ ।

यो बर्षको अन्त्यसम्म स्वास्थ्यकर्मी तथा जोखिम बर्गमा रहेका व्यक्तिलाई खोप दिने तथा अर्को बर्षको मध्यसम्म ठूलो मात्रामा वितरण भएर विश्वका अधिकांश देशमा पुर्याउने उत्पादक कम्पनीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here