सुनको मूल्य एकैदिन १३ सय बढ्यो, फेरि रेकर्ड ब्रेक

काठमाडौं, ७ साउन । बुधबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । एकदैन १३ सयले बढेर प्रतितोला ९४ हजार पुगेको हो ।

यसैगरी, तेजावी सुनको भाउ तोलाको ९३ हजार ५६० रुपैयाँ निर्धारण भएको छ ।

मंगलबार सुनको मूल्य प्रतितोला ९२ हजार ७ सयमा कारोबार भएको थियो। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार यो अहिलेसम्मकै सर्वाधिक बढी मूल्य हो ।

चाँदीको भाउ पनि अहिलेसम्मकै उच्च तोलाको ११ सय ३५ रुपैयाँ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here