लकडाउन अन्त्य गरेपनि पासविनाका सवारी साधन उपत्यका छिर्न नपाउने

काठमाडौं, ८ साउन । सरकारले १ सय २० दिन लामो लकडाउन अन्त्य गरेपनि उपत्यकामा प्रवेश गर्न पास चाहिने भएको छ ।

गृह मन्त्रालयले मन्त्रिपरिषद बैठकको निर्णयमा स्पष्ट व्याख्या नभएपछि काठमाडौं उपत्यका प्रवेश गर्न पास चाहिने नियम कायमै राखेको हो ।

सरकारले लकडाउन शुरू गरेर एक जिल्लाबाट अर्को जिल्लामा जान पास लिनुपर्ने व्यवस्था गरेको थियो ।

मंगलवारदेखि लकडाउन अन्त्य भएपनि काठमाडौं उपत्यका भित्रिने निजी सवारी साधनले पास लिनुपर्ने पुरानो व्यवस्था यथावत रहेको ट्राफिक प्रहरीले जनाएको छ ।

लामो दुरीका सवारी साधन तत्काल नखुलेकाले पास कायम रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख भीमप्रसाद ढकालले जानकारी दिए। ‘हामीलाई माथीबाट त्यस्तै आदेश छ’, एसएसपी ढकालले भने।

सरकारले लामो दुरीका सवारी साधनलाई भदौ १ गतेदेखि सन्चालन गर्ने निर्णय गरेको थियो। उपत्यकाको हकमा तीन जिल्ला र बाहिरको हकमा एक जिल्लाभित्र सवारी साधन सन्चालनलाई गत असोज २६ गतेदेखि खुला गरिएको थियो।

लामो दूरीका सवारी साधन भने भदौ १ गतेबाट चलाउने निर्णय सरकारले गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here