पछिल्लो २४ घण्टामा थप १ सय ४७ जनामा कोरोना संक्रमण

काठमाडौं, ८ साउन । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा पिसिआर विधिबाट ३ हजार ४ सय ८१ वटा नमुना परिक्षण गरिएकोमा १ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार २४१ जनामा पुगेको मन्त्रालयले बताएको छ ।

पछिल्लो २४ घण्टामा थप १ सय ५६ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या १२ हजार ८ सय ४० पुगेको छ।

कुल संक्रमितमध्ये ४३ जनाको मृत्यु भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here