नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु, मृतकको संख्या ४३ पुग्यो

प्रतिकात्मक तस्बिर

काठमाडौं, ८ साउन । नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार वीरगञ्जमा साउन ६ गते मृत्यु भएका एक जना ७० वर्षीय पुरुषको मृत्युपछि कोरोना पुष्टि भएको हो ।

नारायणी अस्थाई कोभिड अस्पताल गण्डकको आइसोलेसनमा उपचारका क्रममा साउन ६ गते मृत्यु भएका वीरगंज महानगरपालिका ६ का ७० वर्षीय पुरुषको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको गौतमले बताए ।

योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४३ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here