उद्योग वाणिज्य महासंघको चुनाव फेरि सर्‍यो, अब कहिले ?

काठमाडौं, ८ साउन । नेपाल उद्योग वाणिज्य महासंघको साउन २६ र २७ मा हुने भनिएको निर्वाचन सरेको छ ।

बिहीबार बसेको महासंघ पदाधिकारीको बैठले सरकारले हाल लकडाउन खुकुलो बनाए पनि सभा, सम्मलेन जस्ता कार्यक्रम गर्न रोक लगाएकाले निर्धारित मितिमा निर्वाचन गर्न नसकिने भन्दै तत्कालका लागि निर्वाचन स्थगित गर्ने निर्णय गरेको हो ।

सरकारले हाल लकडाउन हटेको घोषणा गरे पनि अझै केही क्षेत्रमा बन्देज कायमै राखेको छ । साथै, सभा, भोज, भतेर लगायतका भीडभाड हुने कार्यक्रममा २५ जना भन्दा बढी भेला हुन् रोक लगाएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

गत सोमबारको मन्त्रिपरिषदको बैठकले लकडाउन हटाउने निर्णय गरेपनि महासंघको निर्वाचन अनुमति दिने विषयमा केहीपनि निर्णय गरेको थिएन । सरकारले भदौं १ देखि लामो दुरीको सवारी साधन तथा हवाई उडान समेत खोल्ने निर्णय गरेको छ । तर २५ जनाभन्दा बढी भेला हुन तथा पार्टी प्यालेस, क्लब, सिनेमा हल तथा स्कुल कलेजमा भने खोल्न अहिलेपनि प्रतिबन्ध छ ।

महासंघको निर्वाचन चैतमा हुनुपर्ने थियो । कोरोना भाइरसको कारण निर्धारित मितिमा महासंघको निर्वाचन हुन सकेको छैन । महासंघको साधारणसभापछि अहिलेका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छा अध्यक्ष चुनिनेछन् ।

बरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल र किशोर प्रधानले प्यानल नै बनाएर निर्वाचन लड्ने घोषणा गरेका छन् । गत चैत २८ र २९ गते हुनुपर्ने महासंघको साधारणसभा लकडाउनका कारण सर्दै आएको थियो ।

2 COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here