पाँच जना थुनुवासहित थप ३२ जनामा कोरोना पुष्टि

काठमाडौं, ९ साउन । पर्सामा पाँच जना थुनुवासहित थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

नारायणी अस्पताल स्थित पीसीआर प्रयोगशालामा बिहीबार गरिएको पीसीआर परीक्षणमा उनीहरुको रिपोर्ट पोजेटिभ आएको हो।

वडा प्रहरी कार्यालय श्रीपुरको थुनुवा कक्षमा रहेका २५, २२, ३३, २२ र ४७ वर्षका गरी ५ जना थुनुवामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

पाँच मध्ये ४ जना भारतीय हुन्। उनीहरु ३ जना बिहार र १ जना उत्तर प्रदेशका छन्। चार भारतीय अवैध तरिकाले नेपाल छिरेका र उनीहरुलाई प्रहरीले समातेर हिरासतमा राखेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here