बेलकोटगढी नगरपालिकामा घर भत्किँदा एक वृद्धको मृत्यु, पहिरोले पाँच घर पुरियो

बेलकोटगढी ५ मा गएको पहिरो

नुवाकोट, ९ साउन । अविरल वर्षाका कारण नुवाकोटको बेलकोटगढी नगरपालिकामा घर भत्किँदा एक वृद्धको मृत्यु भएको छ।

बेलकोटगढी नपा–८ हर्रेमा गएराति घर भत्किँदा ६८ वर्षीय अक्कलबहादुर तामाङको मुत्यु भएको हो ।

ढुङ्गामाटोबाट बनाइएको कच्ची घर अविरल वर्षाको कारण भत्किँएको र घरमा सुतिरहेका तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै बेलकोटगढी नपा वडा नंं. ५ दुईपिपल नजिकै पहिरोले पाँच घर पुरेको छ । शुक्रबार विहान आएको पहिरोले पाँघ घर पुरिएको हो ।

स्थानीयवासीहरुका अनुसार २ वटा भैसी र २० वटा भन्दा बाख्रासमेत पहिरोले पुरेको छ ।अहिलेसम्म कुनै मानवीय क्षति भने नभएको स्थानीयले बताएका छन् ।

दिउँसोको समय भएकाले घरका रहेका मानिस भाग्न सफल भएको स्थानीय बताउँछन् पहिरोका कारण बस्तीमा रहेको ४० घर जोखिममा परेको छ।
प्रहरी र स्थानीयसीले बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा सार्न थालिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here