काठमाडौं, ११ साउन । सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइरालाको फैसला सर्वोच्चमा पुनः सुनुवाइ हुने भएको छ।
सर्वोच्च अदालतका न्यायाधीश बमकुमार श्रेष्ठ, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको पूर्ण इजलासले पुनरावलोकनको निवेदनमा फैसला गर्दै पुनः सुनुवाइको अनुमति दिएका हुन् ।
यसअघि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र न्यायाधीश तेजबहादुर केसीको इजलाशले कोइरालाको सर्वश्वसहित जन्मकैदको फैसला घटाएर साढे ८ वर्ष मात्र कैद सजाय गर्ने फैसला गरेको थियो ।
सरकारी वकिलको कार्यालयले सोही फैसलाविरुद्ध शुक्रवार सर्वोच्च अदालतमा पुनरावलोकनको निवेदन दर्ता गरेको थियो । तीन जनाको इजलासले उक्त फैसलामाथि पुनः सुनुवाइ हुने अनुमति दिएको हो।
राणा सहितको इजलासले गरेको फैसला त्रुटिपूर्ण थियो वा थिएन भन्ने आगामी दिनको सुनुवाइमा जाँच गर्नेछ।