थप एक कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ४६ पुग्यो

प्रतिकात्मक तस्बिर

काठमाडौं, ११ साउन । वीरगञ्जमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ।

वीरगञ्जस्थित कोरोना विशेष अस्पतालमा उपचारको क्रममा आइतबार बिहान मृत्यु भएका भारत विहारका ६५ वर्षीय पुरुषको कोरोना संक्रमण पुष्टि भएको हो ।

उनको स्वाब परीक्षणको रिपोर्ट मृत्यु पछि आएको अस्पताल स्रोतले जनाएको छ । योसँगै नेपालमा मृत्युमा मृत्यु हुने कोरोना संक्रमितको संख्या ४६ पुगेको छ।

स्वास्थ्य अवस्था बिग्रदै गएपछि साउन १० उनलाई आइसियुमा भर्ना गरिएको थियो । आरडीटी पोजेटिभ देखिएसँगै उनलाई शनिबार राति वीरगञ्ज हेल्थकेयरबाट गण्डक अस्पतालमा भर्ना गरिएको थियो । ती पुरुष मधुमेहका बिरामी थिए।

स्वास्थ मन्त्रालयले भने यसबारे पुष्टि गर्न बाँकी नै रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here