‘नेपालमा एकैसाथ दुई मौसमी प्रणाली, सोमबार रातिदेखि चार दिन ठूलो वर्षा’

फाइलफोटो

काठमाडौं, १२ साउन । सोमबार रातिदेखि नेपालको विभिन्न ठाँउमा चारदिन ठूलो वर्षा हुने भएको छ ।

मौसम पूर्वानुमान महाशाखाको मौसमी बुलेटिन अनुसार मनसुन न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहने तथा अरब‍ सागरबाट समेत पर्याप्त जलवाष्पयुक्त हावा भित्रिने सम्भावना रहेको भारी वर्षा हुने सम्भावना देखिएको हो।

महाशाखाका अनुसार सोमबार रातिदेखि न्यून चापीय रेखा नेपाल नजिकै रहने तथा अरब सागबारट जलवाष्पयुक्त हावा पनि प्रशस्त्र मात्रामा भित्रिने भएकाले देशका धेरैजसो स्थानमा झरी पर्ने तथा केही स्थानमा भारी वर्षा हुने सम्भावना देखिएको हो।

विभागले ‘विशेष मौमस तथा बाढी बुलेटिन’ जारी गर्दै आज अपराह्नबाट १६ गतेसम्म मनसुन न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहिरहने तथा पर्याप्त जलवाष्पयुक्त हावा पनि भित्रिरहने सम्भावना रहेकाले ३–४ दिनसम्म मनसुन सक्रिय हुने जानकारी दिएको हो।

‘देशका धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा भई प्रदेश ५, गण्डकी, कर्णाली, सुदूरपश्चिम तथा बागमती प्रदेशका केही स्थानमा तथा प्रदेश नम्बर १ र २ का थोरै स्थानमा भारी वर्षा भई पहिरो तथा बाढीको जोखिम भएकाले सतर्कता अपनाउन हुन अनुरोध छ,’ विभागको विज्ञप्तिमा भनिएको छ।

साउन १२ गते (सोमबार)

दिउँसोः देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

राती : देशभर सामान्य देखि पुर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश, प्रदेश नं ५, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here