जेमी भार्डी प्रिमियर लिगको गोल्डेन बुट विजेता

काठमडौं, १२ साउन । लेस्टर सिटीका खेलाडी जेमी भार्डीले प्रिमियर लिगको गोल्डेन बुट जितेका छन् ।

लेस्टर सिटीका फरवार्ड भार्डीले यो सिजन २३ गोल गर्दै प्रिमियर लिगको गोल्डेन बुट जित्न सफल भएका हुन् ।

भर्डीले आर्सनलका पिरे इमेरिक औबामेयाङ र साउथ ह्याम्पटनका ड्यानी इन्ग्सलाई पछि पारेका हुन् । यो सिजन दुवैले २२–२२ गोल गरेका छन् ।

लिगमा लिभरपुलले यसअघि नै उपाधिमाथि कब्जा जमाइसकेको छ । च्याम्पियन लिभरपुलसँगै म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड र चेल्सी शीर्ष चारमा रहँदै आगामी सिजनको च्याम्पियन्स लिगमा छनोट हुन सफल भएका छन् ।

लेस्टर सिटी पाँचौं स्थान र टोटनहम छैठौं स्थानमा रहेका छन् । त्यसैगरि नर्विच सिटी, वाटफर्ट तथा बर्नमाउथ अन्तिम तीनमा रहँदै दोस्रो डिभिजनमा झरेका छन् ।

लेस्टर सिटीलाई च्याम्पियन्स लिगमा पुर्याउन नसके पनि जेमी भर्डीले सर्वाधिक गोलकर्ता बन्दै गोल्डेन बुट प्राप्त गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here