नेप्से परिसूचक २.६४ अंकले घट्यो, १ अर्ब ८१ करोडको कारोबार

काठमाडौं, १२ साउन । सेयर बजारमा सामान्य गिरावट आएको छ । आइतबार २२ अंकले बढेको बजारमा सोमबार ०.१८ प्रतिशतले घटेको हो ।

सुरुवातको १५ मिनेटअघि केही बढेपछि त्यसपछि घटेको नेप्सेमा केही सुधारको संकेत देखा परेपनि अल्पकालीन लगानीकर्ताहरुबाट नाफा बुकिङ्ग कारण बिक्रीचाप बढ्न जाँदा अन्त्यसम्मै सूचकमा घट्न पुगेको हो।

सेयर बजार मापक सूचक नेप्से २.६४ अंकले घटेर १४६२.४८ विन्दुमा आइपुगेको छ । आज १८७ कम्पनीको १ अर्ब ८१ करोड २५ लाख ५० हजार ३८ रुपैयाँ बराबरको कारोबार भएको छ । ४२ लाख ५७ हजार १६१ कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबार भएका १२ वटा समूहमध्ये ४ समूहको परिसूचक उकालो लागेको छ भने बाँकी ८ समूहको घटेको छ । आज सबैभन्दा धेरै माइक्रोफाइनान्स समूहको समूहको परिसूचक सबैभन्दा धेरै १२.४६ अंकले बढेको छ भने निर्जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै १५०.४१ अंकले घटेको छ ।

सोमबार पनि नेपाल लाइफ र नेपाल पुनर्बिमा कम्पनीमै लगानीकर्ताको आकर्षण देखिएको छ । आइतबारको तुलनामा कम्पनीको सेयर मूल्य १.५७ प्रतिशतले घटेर १३७७ मा बन्द भए पनि कम्पनीको सेयर सर्वाधिक १७ करोड ४४ लाख २० हजार रुपैयाँको कारोबार भएको छ ।

यस्तै नेपाल पुनर्बिमा कम्पनीको २.३७ प्रतिशतले बढेर ५६२ पुग्दा १५ अर्ब १४ अर्ब ८८ करोड ६१ लाख रुपैयाँबराबरको कारोबार भएको छ । यस्तै नबिल बैंकको ९ करोड ९ लाख ९ हजार, एनआईसी एशिया लघुवित्तको ७ करोड ७९ लाख २० हजार र एनआईसी एशिया बैंकको ६ करोड ९३ हजार रुपैयाँबराबरको कारोबार भएको छ ।

सोमबार ८९ कम्पनीका लगानीकर्ताले भने गुमाएका छन् । ६० वटा कम्पनीको मूल्य भने बढेको छ । सोमबार नेप्सेमा विकास बैंक, उत्पादन, अन्य, लघुवित्त समूहको उपसूचकबाहेक सबै उपसूचक घटेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here