कोरोना जित्दै बलिउड अभिनेत्री ऐश्वर्या राय र छोरी आरध्या डिस्चार्ज

काठमाडौं । बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन र उनकी छोरी आरध्या बच्चन कोरोना संक्रमण मुक्त भएका छन् ।

करिब तीन साताको अस्पताल बसाईपछि उनिहरु सोमबार नानवटि अस्पतालबाट डिस्चार्ज भएका खबर अभिषेक बच्चनले ट्विटरमार्फत सार्वजनिक गरेका हुन् ।

अभिषेकले लेखेका छन,“तपाईंको माया र प्रार्थनाको लागि धन्यवाद । यसको लागि म जिन्दगीभरी ऋणि हुनेछु ।

ऐश्वर्या र आरध्याको रिपोर्ट नेगेटिभ आएको छ र उनीहरु अस्पतालबाट डिस्चार्ज भइसकेका छन । उनीहरु अहिले घरमै होला । म र मेरो बुबा भने मेडिककल टिमको निगरानीमा अस्पतालमै छौं ।”

अमिताभ र उनका छोरा तथा अभिनेता अभिषेक बच्चन दुवैलाई कोरोना संक्रमणदेखिएपछि उनिहरुलाई पनि १३ जुलाईमै संक्रमण देखिसकेको थियो । अमिताभकी धर्म पत्नी जया बच्चनको कोरोना रिपोर्ट भने नेगेटिभ आएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here