सुजुकीको नयाँ ‘भिटारा ब्रेजा’ नेपाली बजारमा, मूल्य कति ?

काठमाडौं । सुजुकीको नयाँ ‘भिटारा ब्रेजा’ सार्वजनिक भएको छ।

सुजुकीको लागि नेपालको आधिकारिक वितरक सिजी मोटोकर्पले १४६२ ‘के–सिरिज’ बीएस ६ पेट्रोल इन्जिन जडित ‘भिटारा ब्रेजा’ नेपाली बजारमा सार्वजनिक गरिएको हो।

स्पोर्टी र बोल्ड लुक्सबाट सज्जित सुजुकीको नयाँ कम्प्याक्ट एसयूभीमा प्रिमियम इन्टेरियरका साथै ‘फस्ट–इन–क्लास’ फिचरहरु रहेका छन्।

१४६२ सीसीको ‘के–सिरिज’ बीएस ६ पेट्रोल इन्जिनजडित भिटारा ब्रेजाले निश्चित रुपमा ग्राहकलाई सन्तुष्ट बनाउने अपेक्षा गरिएको छ।

५ स्पिड म्यानुअल ट्रान्समिसन रहेको नयाँ कम्प्याक्ट एसयूभी भीएक्सआई र जेडएक्सआई प्लस गरी दुई भेरियन्टमा उपलब्ध छ।

नयाँ भिटार ब्रेजामा सेग्मेन्टमै पहिलो पटक डुअल च्याम्बर एलईडी प्रोजेक्टर हेडल्याम्प, अटो फोल्डिंग ओआरभीएम जस्ता फिचर रहेका छन्।

त्यस्तै, यसमा १७.७८ सेन्टिमिटरको टचस्क्रिन स्मार्ट प्ले स्टुडियो, अटो एसी, भ्वाइस कमान्ड, स्मार्ट की, एलईडी फगल्याम्प, अटो डिमिंग आईआरभीएम, रेन सेन्सिंग वाईपर, क्रुज कन्ट्रोल, डाईमन्ड–कट एलोई ह्विल समावेश छन्।

नयाँ भिटारा ब्रेजमा सेफ्टी प्याकेजलाई स्ट्यान्डार्डको रुपमा राखिएको कम्पनीको दावी छ। सन् २०१६ मा सार्वजनिक भएको भिटार ब्रेजाले केही समयमै अटो बजारमा तहल्का मच्चाउँदै सबैभन्दा बढी अवार्ड हासिल गर्न सफल एसयूभी बनेको थियो।

कम्पनीले भिएक्सआई भेरियन्टको ४१ लाख ६९ हजार र जेडएक्सआई प्लसको मूल्य ४४ लाख ६९ हजार निर्धारण गरेको छ। पहिलो ५० ओटा भिटारा ब्रेजा बुकीङ गर्नेलाई बजार मूल्यमा ३ लाख ७० हजार छुट दिइने कम्पनीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here