बागलुङमा पहिरोले पुरिएर तीन बालबालिका मृत्यु

फाइलफोटो

काठमाडौं, १३ साउन । बाग्लुङमा बाढी र पहिरोमा परी चार जनाको मृत्यु भएको छ।

सोमबार राति आएको पहिरोले बाग्लुङको तमानखोला गाउँपालिका–२ का पानबहादुर विकको घर पुरिंदा उनका १३ वर्षीय छोरा खिमबहादुर विक र १२ वर्षीया छोरी रीता विकको मृत्यु भएको हो ।
पानबहादुर वैदेशिक रोजगारीमा छन्। तयस्तै पहिरोमा परि पालबहादुरकी श्रमती होमकुमारी गम्भीर घाइते भएकी छिन ।

निसीखोला गाउँपालिका–१ मा एक घर पहिरोले परिंदा पाँच वर्षीया समीर परियारको मृत्यु भएको प्रहरीले जनाएको छ । उनकी श्रीमती भने बाँच्न सफल भएकी छन्। कमल पनि वैदेशिक रोजगारीमा छन्।

सोही गाउँपालिकामै अन्दाजी ६० वर्षीया एक महिलाको शव खोलाको छेउमा फेला परेको छ । उनको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here