कमलादीबाट १५ किलो सुन बरामद !

काठमाडौं, १३ साउन । काठमाडौंको कमलादीबाट १५ किलो सुन जस्तै देखिने पहेलो धातु बरामद भएको छ ।

महानगरीय प्रहरी परिसर, काठमाडौंको टोलीले कमलादीबाट बरामत गरिएको उक्त बस्तु सुन हो कि होईन् भनेर परीक्षणको लागि पठाइएको स्रोतले जनाएको छ ।

विशेष सूचनाको आधारमा प्रहरीले सुन तस्करलाई फलो गर्दै जाँदा तस्करको समूह सुनको झोला फालेर भागेको र सो झोलामा २ थान हतियार समेत फेला पारेको छ ।

यस विषयमा केही बेरमा पत्रकार सम्मेलनमार्फत जानकारी दिइने प्रहरीले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here