सीपीएलको खेल तालिका सार्वजनिक, सन्दीपको टोलीको पहिलो खेल अगस्त १९ मा

काठमाडौं, १३ साउन । नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा लेग स्पिनर सन्दिप लामिछानेले खेल्ने क्यारेबिन प्रिमियर लिग (सीपीएल) ट्वान्टि ट्वान्टि क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।

सोमबार सार्वजनिक भएको खेल तालिका अनु्सार सन्दीपको टोलीको पहिलो खेल अगस्त १९ मा हुने भएको छ ।

अगस्त १८ बाट सुरु हुने सीपीएलको खेल प्रतियोगिता बन्द रंगशालामा हुनेछ । उदघाटन खेलमा ट्रिनबागो नाइट राइडर्स र गुएना अमेजन वारियर्स भिड्नेछन् ।

यस सिजन सन्दीपलाई जमैका तलावाजले ९० हजार अमेरिकी डलर ९१ करोड ८ लाख नेपाली रुपैयाँ० मा अनुबन्ध गरेको छ ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here